भोटेकोशी बाढीपीडितको साहरा बन्दै मोन्भिसो : ४ सय परिवारलाई ४५ लाख ८० हजारको राहत

४ सय भोटेकोशी बाढीपीडितलाई मोन्भिसो नेपाल फाउन्डेसनको ४५ लाख ८० हजारको राहत

काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित ४ सय नागरिकका लागि मोन्भिसो नेपाल फाउन्डेसनले ४५ लाख ८० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ।

इटालियन सस्थाहरु Cecy onlos Italy, Bi-Nepal Italy, Progetto Nepal Mario Vallesi Italy, Trentino for Langtang Italy र Associazione Giuliano de marchi per il Nepal Italy र फ्रान्सेली सस्थाहरु Nepal Bretange France र Play for Nepal France को सहयोगमा संकलित रकमबाट खरिद गरिएका राहत सामग्री फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा, कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाल गायतको टोलीले काठमाडौंको स्वयम्भूस्थित गोसोक गुम्बामा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा पुगेर प्रभावित नागरिकलाई हस्तान्तरण गरेको हो।

उक्त होल्डिङ सेन्टरमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेशीका बाढी प्रभावित नागरिकलाई राखिएको छ।

फाउन्डेसनले प्रभावित परिवारका लागि ४०० बोरा चामल, ४०० वटा सिरक, ४०० वटा म्याट्रेस, ४०० वटा सिरानी, ४०० वटा ज्याकेट र ४०० वटा टिसर्ट वितरण गरेको जनाएको छ।

बाढीका कारण घर तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोरेका प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पाले बताए।

विपद्का समयमा प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको भन्दै फाउन्डेसनका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने बताए।

मोन्भिसो नेपाल फाउन्डेसनले यसअघि पनि विपद् प्रभावितका लागि सहयोग गर्दै आएको छ। फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ नगद हस्तान्तरण गरिसकेको छ।

प्रतिक्रिया