काठमाडौं–३ का प्रतिनिधि चयन विवादमा, बदर गरी निर्वाचन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं–३ मा प्रतिनिधि चयन प्रक्रिया विवादमा परेको छ। प्रतिनिधि छनोट सर्वसम्मत गरिएको भन्दै त्यसलाई बदर गरी निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि चयन गर्न माग गर्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी परेको छ।

बिहीबार परेको उजुरीमा प्रतिनिधि चयन निर्वाचनमार्फत टुंग्याउनुपर्ने माग गरिएको छ। निर्वाचन अधिकृतलाई प्रभावमा पारेर सहमतिका नाममा निर्वाचन प्रक्रिया अघि नबढाइएको आरोपसमेत उजुरीमा लगाइएको छ।

उजुरीकर्ताले पार्टी प्यालेसमा मध्यरातमा सर्वसम्मत भन्दै प्रतिनिधि चयन गरिएको दाबी गर्दै उक्त प्रक्रिया बदर गर्न माग गरेका छन्।

कांग्रेसको लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठ्ने गरी प्रतिनिधि चयन गरिएको भन्दै सहमतिको नाममा गरिएको प्रक्रिया रोक्न र निर्वाचनमार्फत प्रतिनिधि चयन गर्न निर्वाचन समितिसमक्ष माग गरिएको छ।

प्रतिक्रिया