अंशल र गरिमाको ‘नैना रेशम’ सार्वजनिक

काठ्माण्डाै – गायक अंशल श्रेष्ठ र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘नैना रेशम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गम्भीर बिष्टको कन्सेप्ट तथा निर्देशनमा तयार भिडियोमा अंशल श्रेष्ठ र गरिमा शर्मा मुख्य भूमिकामा छन्।

भिडियोमा धनी मुखियाको घरमा गोठालोको काम गर्ने अंशल र मुखियाकी छोरी गरिमाबीचको प्रेमकथा प्रस्तुत गरिएको छ। फरक आर्थिक हैसियतका कारण उनीहरूको प्रेममा परिवारको अवरोध आए पनि दुवै प्रेमका लागि संघर्ष गर्छन्। अंशलले गरिमालाई घरबाट लैजान खोजेपछि परिवारले उनलाई फर्काएर ल्याउँछ। पछि अंशल पुनः गरिमालाई लिन पुग्दा परिवारले रोक्छ। यही क्रममा गरिमाकी आमाले छोरीको साँचो प्रेम बुझेर सम्बन्ध स्वीकार गर्ने निर्णय गरेपछि कथाले भावुक मोड लिन्छ।

‘नैना रेशम’को शब्द तथा संगीत वसन्त सापकोटाको, संगीत संयोजन विषम आचार्यको रहेको छ। छायांकन देव डोर्जे लामा, सम्पादन तथा कलर दिन्सन शाहको रहेको भिडियोका निर्माता अरुणकुमार श्रेष्ठ र मिनु श्रेष्ठ हुन्। सुरेन्द्र बस्यालले सहायक निर्देशन गरेका छन्।

प्रतिक्रिया