सामाजिक हैसियत र पारिवारिक दबाबले छुट्याएको प्रेमको कथा ‘बाचा बन्धन’ सार्वजनिक

काठमाडौं । सामाजिक हैसियतको भिन्नता, पारिवारिक दबाब र एउटा अप्रत्याशित दुर्घटनाका कारण छुट्टिन पुगेका प्रेमी–प्रेमिकाको दुःखद कथालाई प्रस्तुत गर्दै नयाँ म्युजिक भिडियो ‘बाचा बन्धन’ सार्वजनिक भएको छ।

संयोग राजवंशीको स्वर, शब्द तथा संगीत रहेको गीतमा ब्यान्डका सदस्यहरू रोहन देवकोटा, प्रनिश राई, विश्वास पोखरेल र संजय गुरुङको समेत संलग्नता रहेको छ।

भिडियोमा सविन कार्की (Beest) र मल्लिका महत मुख्य भूमिकामा देखिएका छन्। सुयोग राजवंशी र आशिष पराजुलीको समेत अभिनय रहेको भिडियोमा प्रेम, वियोग र सस्पेन्सलाई कथात्मक ढंगले प्रस्तुत गरिएको छ।

हरि हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन्। पोस्ट प्रोडक्सनको जिम्मेवारी लाटोकोसेरो फिल्म्सले सम्हालेको छ। अनिश श्रेष्ठ निर्माता रहेको भिडियो सोनाम पाख्रिनको निर्देशनमा तयार भएको हो।

प्रेम सम्बन्धमा आउने सामाजिक तथा पारिवारिक अवरोधसँगै एउटा दुर्घटनाले निम्त्याउने अप्रत्याशित परिस्थितिलाई भिडियोमा मर्मस्पर्शी रूपमा देखाइएको छ। कथाको उतारचढावसँगै सस्पेन्सलाई समेत प्राथमिकता दिइएकाले ‘बाचा बन्धन’ दर्शकका लागि भावनात्मक अनुभव बन्ने निर्माण पक्षको विश्वास छ।

‘बाचा बन्धन’ The Coincidence युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। सार्वजनिक भएसँगै भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

प्रतिक्रिया