जिल्ला भलिबल संघ सोलुखुम्बुको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा रश्विन मगर निर्वाचित

सोलुखुम्बु । जिल्ला भलिबल संघ सोलुखुम्बुको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। नेपाल भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला भलिबल संघका अध्यक्ष दीपक किरातीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनबाट नेपाल भलिबल संघको विधान बमोजिम निर्वाचन कार्यक्रम सम्पन्न गरी रश्विन मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा चेतबहादुर मगर र सुमित्री राई, महासचिवमा प्रेमकुमार बस्नेत र कोषाध्यक्षमा करिना राई चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा आनन्द राई, दिनेश केसी, अमृत थुलुङ, ताराबहादुर खत्री, दीपक किराती र चुडामणि केसी निर्वाचित भएका छन्।

अधिवेशनले नेपाल भलिबल संघको केन्द्रीय प्रतिनिधिका रूपमा ताराबहादुर खत्रीलाई छनोट गरेको छ। प्रदेश प्रतिनिधिमा दीपक किराती र चुडामणि केसीलाई छनोट गरी पठाउने निर्णयसमेत गरिएको छ।

सोलुखुम्बुमा भलिबल खेलको विकास, विस्तार तथा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जिल्ला भलिबल संघको यो ऐतिहासिक अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको रहनेछ।

प्रतिक्रिया