भोटेकोशी बाढीपीडितका लागि रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालद्वारा २ लाख १६ हजार ३१ रुपैयाँ सहयोग

रामेछाप – रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको राहत तथा उद्धारका लागि रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालले रु. २,१६,०३१/- (अक्षरेपी दुई लाख सोह्र हजार एकतीस रुपैयाँ) सहयोग गरेको छ।

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालका अध्यक्ष पुरुषोत्तम गौतमका अनुसार रामेछापबाट दक्षिण कोरिया गई कार्यरत तथा कोरियाबाट स्वदेश फर्किएका रामेछापेली दाजुभाइहरूको व्यक्तिगत सहयोगसमेत संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

गौतमका अनुसार संस्थाको तर्फबाट रु. १,२२,०७३/- तथा विभिन्न पदाधिकारी, सदस्य र शुभेच्छुकहरूबाट स्वेच्छिक रूपमा प्राप्त सहयोग रकम जोडेर कुल रु. २,१६,०३१/- संकलन भएको हो।

सहयोग अभियानमा पुरुषोत्तम गौतम रु. १०,०००, बाबुराज बस्नेत रु. १०,०००, मेगराज खड्का रु. ५,०००, नवराज अधिकारी रु. १,१११, भोजराज बस्नेत रु. ५,५५५, टंक गौतम रु. १,५००, विकाश सुनुवार रु. २,०००, विदुर खड्का रु. १,५००, आदेश खड्का रु. ११,१०१, अशोक भण्डारी रु. ५,०००, समुन्द्र खड्का रु. ३,३३३, ईश्वर बस्नेत रु. ३,३३३, नविन श्रेष्ठ रु. २,५००, नवराज श्रेष्ठ रु. ३,०००, प्रकाश खड्का रु. २,५००, भीम ब. खड्का रु. ३,०००, जीवन मानन्धर रु. ५,०००, पुष्कर घिमिरे रु. २,०००, प्रदीप खड्का रु. २,५२५, सुनील लामा (दोङ) रु. १०,०००, नरेश मोक्तान रु. २,००० र सुजन श्रेष्ठ रु. २,००० कृष्ण गौतम २०००, सहयोग गर्नुभएको समितिले जनाएको छ।

अध्यक्ष पुरुषोत्तम गौतमले विपद्को यस दुःखद् समयमा पीडित नागरिकहरूको राहत तथा उद्धारका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै मानवीय अभियानमा एकजुट भएर साथ दिने रामेछापेली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।

यसैगरी, रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष आदेश खड्का र नेपालतर्फका कोषाध्यक्ष मेगराज खड्काले सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगदाता, पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँहरूले विपद्को समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्ने सम्पूर्ण रामेछापेलीहरूप्रति धन्यवाद दिँदै मानवीय सेवामा सबैको एकता, सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभयो।

समितिले विदेशमा रहेका तथा स्वदेश फर्किएका रामेछापेलीहरूबीचको आपसी एकता, सहकार्य र मानवीय भावनालाई अझ मजबुत बनाउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहने जनाएको छ।

सहयोग अभियानमा सहभागी सम्पूर्ण सहयोगदाताहरूलाई रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया