टोपलदास जमरकट्टेलको दोस्रो स्मृति सभा भदौ ७ गते नेचामा हुने

सोलुखुम्बु । टंकनाथ (टोपलदास) जमरकट्टेलको दोस्रो स्मृति दिवसका अवसरमा भदौ ७ गते आइतबार नेचामा स्मृति सभा आयोजना हुने भएको छ।

टंकनाथ (टोपलदास) जमरकट्टेल स्मृति वंशहित कोष–२०८२ को बैठकले दोस्रो स्मृति दिवसका अवसरमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। अक्षयकोष दाता परिवारका बालकुमार जमरकट्टेलको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमसँगै दुई जना अग्रज बन्धुलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ।

कार्यक्रममा ‘वंशावली संकलनमा टोपलदासको योगदान’ विषयक अन्तरक्रिया पनि आयोजना गरिनेछ। भारद्वाज गोत्रीय जमरकट्टेल बन्धुहरूको वंशावली लेखनका लागि प्रेरणाको स्रोतका रूपमा रहनुभएका अग्रज बन्धु तथा जमरकट्टेल बन्धुहरूका आदर्श व्यक्तित्व जिम्वाल काशीनाथ (हितानन्द) जमरकट्टेल, नेचासल्यान–३ लाई मरणोपरान्त सम्मान गरिने भएको छ।

त्यसैगरी वंशावली खोज, अनुसन्धान तथा संकलनमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका ज्येष्ठ बन्धु लक्ष्मीप्रसाद जमरकट्टेललाई पनि सम्मान गरिनेछ।

जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको विधान–२०६६ को प्रावधानअनुसार टंकनाथ (टोपलदास) जमरकट्टेलको पहिलो स्मृति दिवसका अवसरमा उहाँका परिवारजनबाट टंकनाथ (टोपलदास) जमरकट्टेल स्मृति वंशहित कोष–२०८२ स्थापना गरिएको थियो।

जमरकट्टेल वंशावलीको लेखन, संकलन तथा खोज–अनुसन्धानमा टंकनाथ जमरकट्टेलले पुर्‍याउनुभएको योगदानलाई प्रतिष्ठानले महत्वपूर्ण मान्दै आएको छ। उहाँलाई जमरकट्टेल बन्धुहरूको कुल गौरव तथा पूर्वीय दर्शनका ज्ञाताका रूपमा समेत स्मरण गरिँदै आएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रम भदौ ७ गते आइतबार बिहान १०ः३० बजे प्रतिष्ठानको कार्यालय, नेचामा हुने जनाइएको छ। प्रतिष्ठानले कार्यक्रममा सहभागी हुन सम्पूर्ण बन्धुहरूलाई सादर निमन्त्रणा गरेको छ।

प्रतिक्रिया