


काठमाडौँ । काठमाडौँको कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेन्टरको सोमबार नायिका रेखा थापाले उद्घाटन गरेकी हुन्।
उद्घाटन कार्यक्रममा नायिका थापाले सेन्टरको रिबन काट्नुका साथै केक काटेर सेवा शुभारम्भ गरेकी थिइन्। उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले छाला तथा सौन्दर्यसँगै समग्र स्वास्थ्य र वेलनेसका लागि नयाँ तथा भरपर्दो गन्तव्यका रूपमा सेन्टरले सेवा दिने विश्वास व्यक्त गरिन्।
सेन्टर सञ्चालनको अवसरमा भदौ महिनाभर विशेष छुटको व्यवस्था गरिएको सञ्चालिका प्रेरणा दाहाल पौडेलले जानकारी दिइन्। उनका अनुसार ग्राहकको आवश्यकता र छालाको अवस्थाअनुसार विभिन्न प्रकारका उपचार तथा सौन्दर्यसम्बन्धी सेवा उपलब्ध गराइनेछ।

सेन्टरमा छालाको प्रकारअनुसार चिकित्सकीय परामर्शसहित चायाँ–पोतो, डण्डीफोर, तिलकोठी, मुसा तथा स्किन ट्याग लगायतका समस्याको उपचार गरिने डा. स्मृति तिताजुले जानकारी दिइन्।
त्यस्तै, छाला कसिलो बनाउन एचआईएफयू उपचार, शरीरका अनावश्यक रौँ लेजर प्रविधिबाट कम गर्ने सेवा, डण्डीफोरका दाग तथा खाल्डाको उपचार, पञ्चकर्म, अनुहार तथा कपालसम्बन्धी सेवा पनि सेन्टरमा उपलब्ध रहेको जनाइएको छ।
तनाव तथा अनिद्रा व्यवस्थापनका लागि शिरोधारा, हाइड्राफेसियल, आयुर्वेदिक फेसियललगायतका वेलनेस तथा सौन्दर्यसम्बन्धी सेवासमेत सेन्टरले उपलब्ध गराउने जनाएको छ।

आधुनिक प्रविधि, चिकित्सकीय परामर्श र आयुर्वेदिक वेलनेस सेवाको संयोजनमार्फत ग्राहकलाई एउटै स्थानबाट छाला तथा सौन्दर्यसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यसहित सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक पक्षले जनाएको छ।

