सगरमाथाको चुचुरोमा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

काठमाडौं । काठमाडौँ युथ कन्क्लेभको झण्डा विश्वको सर्वोच्च शिखर सरगरमाथामा फरहाइएको छ । युथ कन्क्लेभको प्रतिनिधिकारूपमा प्रतिनिधिसभा सदस्य समेत रहेका मिङ्मा डेबिट शेर्पाले गत बुधबार सगरमाथाको चुचुरोमा पु¥याएका हुन् । शेर्पा ९ दिन लगाएर सगरमाथा आरोहण गरेर काठमाडौं फकिइएसकेका छन् ।

काठमाडौँ युथ कन्क्लेभको झण्डा बुधबार ५ बजेर ४० मिनेटमा सगरमाथा चुचुरोमा फहराइएको युथ कन्क्लेभका एक प्रतिनिधि प्रतिक खतिवडाले जानकारी दिए । सगरमाथा झण्डा फहराएपछि नेपाली युवाहरूको आशा, सपना र भावनालाई विश्वको शिखरमा पु¥याएकोप्रति एलिट एक्सेडलाई युथ कन्क्लेभले परिवारले ज्ञापन गरेका छन् ।

हजारौं युवाहरूले बोकेको सपना सगरमाथा सम्म पुुगेको उनिहरूले बताए । काठमाडौँ युथ कन्क्लेभको झण्डा सगरमाथामा उभिएको देख्न पाउनु गौरबको विषय भएको प्रतीक खतिवडाले बताए । आईटी क्षेत्रमा काम गर्दै आएको युथ कन्क्लेभ २०१९ मा दर्ता भएको थियो । यसले इन्टरनेट टेक्नोलोजिका विभिन्न आयाममा काम गर्दै आएको छ ।

प्रतिक्रिया