


सोलुखुम्बु । नेपाल तरुण दल जिल्ला समिति सोलुखुम्बुले क्यान्सर रोगबाट पीडित नेचा–सल्यान गाउँपालिका–१, याली निवासी याङजी शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
तरुण दलको पहलमा अमेरिका स्थित रामेछाप शेर्पा समाजका छिरिङ शेर्पा, आङ ङिमा शेर्पा र ल्हाक्पा तेन्जी शेर्पाबाट प्राप्त रु. ५० हजार रकम नेपाल तरुण दल जिल्ला समिति सोलुखुम्बुका अध्यक्ष अशोक झाले पीडित शेर्पालाई हस्तान्तरण गर्नुभएको हो।
नेपाल तरुण दलले आफू केवल राजनीतिक संगठन मात्र नभई दुःख र संकटमा साथ दिने युवाशक्ति भएको सन्देशसहित उक्त सहयोग प्रदान गरिएको जनाएको छ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष झाले “सहयोग सानो भए पनि तपाईं एक्लो हुनुहुन्न भन्ने आत्मीय सन्देश दिन खोजिएको” बताउनुभयो।

