नेचासल्यान २ मा अमिलो जातका फलफूल खेती तालिम सम्पन्न, कृषकलाई आधुनिक प्रविधिको ज्ञान

सोलुखुम्बु — नेचासल्यान गाउँपालिका को कृषि शाखाको आयोजनामा आज वडा नं. २ देउपुजेमा अमिलो जातका फलफूल खेती प्रविधि तथा बगैंचा व्यवस्थापन सम्बन्धी एक दिने घुम्ती स्थलगत तालिम सम्पन्न भएको छ।

तालिममा सहभागी स्थानीय कृषकहरूलाई व्यवहारिक तथा प्रविधिमूलक ज्ञान प्रदान गरिएको थियो। कार्यक्रममा बिरुवा रोप्ने सही तरिका, मलखाद व्यवस्थापन, सिँचाइ प्रणाली, तथा फल कुहाउने औंसा किराको पहिचान र नियन्त्रणका उपायबारे विस्तृत जानकारी दिइएको थियो। साथै प्रोटिन बेट प्रयोग विधि, मिथाइल युजिनल फेरोमेन ट्र्याप र येलो स्टिकी ट्र्यापको प्रयोगबारे पनि सिकाइएको थियो।

यसका अतिरिक्त बोर्डो मिश्रण तथा पेस्ट प्रयोग गर्ने तरिकाबारे जानकारी दिँदै कृषकहरूका जिज्ञासाहरूको समाधान गरिँदा कार्यक्रम अन्तरक्रियात्मक बनेको थियो।

कृषि शाखाका अनुसार यस्ता तालिमहरूले कृषकहरूलाई आधुनिक कृषि प्रविधिमा अभ्यस्त गराउँदै उत्पादन वृद्धि र आयआर्जनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया