


सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–८, आइपाङ स्थित कैलाश्वरी युवा क्लबको आयोजनामा माघे सङ्क्रान्ति तथा क्लब भवन उद्घाटनको अवसर पारेर साबिक वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता माघ १, २ र ३ गते सम्म सञ्चालन हुनेछ। प्रतियोगिता कैलाश्वरी युवा क्लबको खेल मैदान, सोलुदुधकुण्ड नगरपालिका–८, आङपाङमा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै सान्त्वना पुरस्कार १० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी खेलाडीहरूलाई प्रोत्साहन गर्न सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट डिफेन्डर लाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय नियम अनुसार सञ्चालन हुने र टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।

स्थानीय टोल, क्लब तथा संस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ। केलाश्वरी युवा क्लबले प्रतियोगितामार्फत स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा आपसी सद्भाव र सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

