नेचासल्यानमा तरुण दलप्रति बढ्दो जनविश्वास, माघे सङ्क्रान्तिको अवसरमा भलिबल प्रतियोगिता हुदै

नेचासल्यान । पछिल्लो समय देशभर राजनीतिक दलप्रति आमनागरिकको विश्वास घट्दै गएको चर्चा भइरहेका बेला नेचासल्यान क्षेत्रमा भने नेपाल तरुण दलप्रति युवाहरूको आकर्षण र भरोसा बढ्दै गएको देखिएको छ। विशेषगरी Gen Z पुस्ताका युवाहरू तरुण दलको सदस्यता लिँदै संगठनमा सक्रिय रूपमा जोडिन थालेका छन्, हिजो मात्र ५० भन्दा बढि Genz युवाहरुले तरुणदलको सदस्यता समेत लिएका छन , जसले स्थानीय राजनीतिमा नयाँ आशा र उत्साह थपेको छ।

नेपाल तरुण दल जिल्ला अध्यक्ष अशोक कुमार झाको नेतृत्वमा संगठनले पछिल्लो समय युवामैत्री कार्यक्रम, सामाजिक अभियान र रचनात्मक गतिविधिलाई प्राथमिकतामा राख्दै आएको छ। संगठनले युवाको भावना, आवश्यकता र भविष्यप्रतिको चिन्तालाई बुझेर काम गर्न थालेपछि तरुण दलप्रति विश्वास बढेको स्थानीय युवाहरूको भनाइ छ। उनीहरूका अनुसार तरुण दल केवल राजनीतिक दलको भ्रातृ संगठन मात्र नभई युवाको आवाज उठाउने र अवसर सिर्जना गर्ने साझा मञ्च बन्दै गएको छ।

जिल्ला अध्यक्ष अशोक कुमार झाले राजनीतिक दलप्रति बढ्दो निराशाबीच पनि तरुण दलले व्यवहारमा आधारित राजनीति गर्न खोजेको बताएका छन् । “हामी नारामुखी होइन, काममुखी संगठन बनाउने अभियानमा छौं। युवालाई सुन्ने, उनीहरूलाई जिम्मेवारी दिने र नेतृत्वमा अघि बढाउने हाम्रो प्राथमिकता हो,” उनले भने। उनले संगठनमा युवाको बढ्दो सहभागिताले तरुण दलप्रतिको जनविश्वास पुष्टि भएको दाबी समेत गरेका छन्।

स्थानीय स्तरमा तरुण दलले सामाजिक उत्तरदायित्वका कार्यक्रम, युवासँग संवाद र समुदायसँग जोडिने गतिविधि निरन्तर गर्दै आएको छ। यसका कारण राजनीतिक दलप्रति चासो कम देखाइने युवाहरू पनि क्रमशः संगठनतर्फ आकर्षित हुँदै गएका छन । Gen Z पुस्ताले खोज्ने पारदर्शिता, सहभागिता र अवसरको भावना तरुण दलले सम्बोधन गर्न थालेको युवाहरूको अनुभव छ। यसै विश्वास र सक्रियताको निरन्तरतास्वरूप नेपाल तरुण दल जिल्ला कार्य समिति र ‘पाइला पाइला को आशा’को संयुक्त आयोजनामा माघे सङ्क्रान्तिको अवसरमा खुला वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

नेपाल तरुण दलका जिल्ला अध्यक्ष अशोक कुमार झाको सभापतित्वमा नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा हिजो बसेको भेलामा सबै बाट सर्वसहमत भई प्रतियोगिताको संयोजन थिरराज राई लाई जिम्मेवारी दिइएको जानकारी दिइएका छन ।

आयोजकका अनुसार प्रतियोगिताले युवाबीच एकता, अनुशासन र सहकार्यको भावना विकास गर्दै तरुण दल र युवाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया