सोलु हाइड्रोपावरको आईपीओ मंसिर ७ देखि, २ अर्ब बराबरको सेयर खुल्दै

२८ कात्तिक – सोलुखुम्बुमा तल्लो सोलु जलविद्युत् आयोजना निर्माण र सञ्चालन गर्दै आएको सोलु हाइड्रोपावर कम्पनीले मंसिर ७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ करोड कित्ता सेयर सर्वसाधारणका लागि ल्याउन लागेको हो, जसको मुल्य २ अर्ब रुपैयाँ बराबर पर्छ।


आयोजना प्रभावितका लागि १ करोड कित्ता

कम्पनीले १ करोड कित्ता सेयर आयोजना प्रभावितका लागि छुट्याएको छ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।


आवेदन दिने समय

स्थानीयहरूले फारम बैंकका शाखा तथा आयोजना कार्यालयमा बुझाउन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन्।


कम्पनीको अवस्था – कति बलियो ?

सोलुखुम्बुमा निर्माण गरिएको ८२ मेगावाट क्षमताको रन–अफ–रिभर आयोजना उत्पादनमा आइसकेको कम्पनीले जनाएको छ।

कम्पनीले इक्रा नेपालबाट BB+ रेटिङ पाएको छ, जसले दायित्व वहन क्षमतालाई ‘मध्यम’ कोटीमा राख्छ।


स्थापक सेयरधनी

गोविन्दलाल सांघाई, रामचन्द्र सांघाई, विरेन्द्रकुमार सांघाई, आदित्य सांघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, सुभाषचन्द्र सांघाई, हर्षबर्दन सांघाई, निकुञ्ज अग्रवाल लगायत यसका प्रमुख प्रवर्द्धक हुन्।


सोलु हाइड्रोपावरले उत्पादन सुरु भैसकेको अवस्थामा आईपीओ निष्कासन गर्न लागेकाले लगानीकर्ताबीच यसको चर्चा बढ्दो छ।

प्रतिक्रिया