नेचासल्यानमा सुरु हुँदै “प्रथम खुल्ला वडा स्तरिय पुरुष फुटसल प्रतियोगिता–२०८२”

नेचासल्यान, असोज २६– नेचासल्यान गाउँपालिका–३ को आयोजनामा नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बत् को अवसरमा “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता–२०८२” यहि असोज २८ गतेदेखि सुरु हुने भएको छ।

प्रतियोगिता असोज ३० गतेसम्म हिमाल दर्शन माध्यमिक विद्यालय, नेचासल्यान–३, सोलुखुम्बु को खेलमैदानमा सञ्चालन हुने आयोजक खेलकुद विकास समिती, नेचासल्यान गाउँपालिका–३ ले जानकारी दिएको छ।

आयोजक समितिका अनुसार प्रतियोगिताको टिम दर्ता असोज २६ गतेसम्म कायम गरिएको छ भने टिम दर्ता शुल्क रु. ३,००० (डिपोजिट रु. १,०००) तोकिएको छ। प्रतियोगिता (7A-Side) प्रणालीमा सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेता टिमले रु. ४०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले रु. ३०,००० र तेस्रो हुने टिमले रु. २०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता प्रत्येकले रु. १,५००/- नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

(नोट: सम्पूर्ण नगद पुरस्कार नेपाल सरकारको कर नियमअनुसार कर कट्टी गरेर वितरण गरिनेछ।)

खेलका सर्त तथा नियमहरू

खेलका क्रममा चोटपटक वा दुर्घटनाको जिम्मेवारी खेलाडी आफैको हुने, रेफ्री र आयोजक समितिको निर्णय अन्तिम मानिने, जर्सी र फुटबल बुट अनिवार्य हुनुपर्नेछ, खेल अवधिमा खाने–बस्नेको व्यवस्था खेलाडी आफैंले गर्नुपर्ने र एक टिममा १२ जनासम्म (७ खेल्ने, ३ अतिरिक्त, कोच र व्यवस्थापक) सहभागी हुन पाउने नियमहरू तय गरिएको छ।

त्यसैगरी, खेलाडीले मादक पदार्थ सेवन गरेको पाइएमा मैदान प्रवेशमा रोक लगाइनेछ। सबै खेलहरू FIFA Law of the Game अनुसार सञ्चालन गरिने र खेलाडीहरूले नागरिकता वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्ने आयोजकले जनाएको छ।

वडास्तरीय प्रतियोगिता भएकाले टिमका सबै खेलाडी सोही वडाका हुनुपर्ने र वडाको सिफारिस अनिवार्य पेश गर्नुपर्ने छ। अनुशासनहीनता वा विवाद देखिएमा तत्काल कारबाही गरिनेछ।

खेलाडीले पहेंलो कार्ड पाएमा रु. ३०० र रातो कार्ड पाएमा रु. ५०० कटाइनेछ। प्रोटेस्ट जारी गर्नुपरेमा प्रतियोगिता हुनुभन्दा एक घण्टा अगाडि रु ३००० भुक्तानी सहित आयोजकलाई निवेदन दिनुपर्नेछ ( पछि फिर्ता नहुने गरी )ा

फाइनल खेलको साँझमा सांस्कृतिक कार्यक्रमका साथमा सम्माननीय सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।

यस प्रतियोगिताको सम्पूर्ण लाइभ प्रसारण लोकप्रिय मिडियाको YouTube च्यानल र Facebook पेजमार्फत प्रत्यक्ष रूपमा हेर्न सकिनेछ।

आयोजकः खेलकुद विकास समिती, नेचासल्यान गाउँपालिका–३
प्राविधिक सहयोगः जुन तारा युवा क्लब, नेचासल्यान–३

थप जानकारीका लागि सम्पर्क नम्बरहरूः
📞 ९७४६३४५६२८, ९८२८८२५५२७
📞 ९७४६३४५१३३, ९८६२८१६०४४

प्रतिक्रिया