


सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–२ दोदि स्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालयमा खानेपानीको सहज व्यवस्थापनका लागि १४ थान खानेपानी जार र डिस्पेन्सर जार सहयोग गरिएको छ।

नेचासल्यान–३ घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आएका समाजसेवी हरि आचार्य र बाबुराम आचार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य र सुविधा लक्षित गर्दै सो सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा विद्यार्थीलाई पंक्तिबद्ध राखी विद्यालयका प्रधानाध्यापक राजनकुमार कार्कीले सहयोगी मनप्रति आभार प्रकट गर्दै विद्यालयको विकास र विद्यार्थी हितमा आगामी दिनमा पनि यस्तै सहयोगको आशा व्यक्त गर्नुभयो।
विद्यालय परिवारले स्वच्छ खानेपानीका सुविधाले विद्यार्थीको स्वास्थ्य र पढाइ दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

