


सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–२ वडा कार्यालय, सल्यानमा जारी राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रममा आज मात्रै २७४ जनाले सेवा प्राप्त गरेका छन्। यसअघि भदौ १८ गते साविक वडा नं. १ र २ का १८२ जनाले परिचय पत्र पाएका थिए।
हिजो र आज गरी जम्मा ४५६ जनाले राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको वडा कार्यालयले जनाएको छ। वडा अध्यक्ष सिताराम काफ्लेले तोकिएको मिति अनुसार उपस्थित भएका सबैलाई सहज रुपमा सेवा प्रदान गरिएको बताउनुभयो।
बाँकी वडाका नागरिकलाई तोकिएको तालिकाअनुसार आवश्यक कागजातसहित उपस्थित भई परिचय पत्र लिन आग्रह गरिएको छ। यसअघि सार्वजनिक सूचना अनुसार भोलि भदौ २० गते साविक वडा नं. ९ का लागि वितरण कार्यक्रम तय गरिएको छ।

