


सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा नं. २ कार्यालय, सल्यानले आज साविक वडा नं. १ र २ का नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।
वडा कार्यालयले तोकिएको मिति अनुसार वितरण कार्यक्रम सञ्चालन गरेको हो। कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार २०८२ भदौ १८ गते साविक वडा नं. १ र २ का नागरिकलाई परिचय पत्र वितरण गरिने भनिएअनुसार आजको कार्यक्रममा जम्मा १८२ जनाले राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन्।

वडा अध्यक्ष सिताराम काफ्लेले आवश्यक कागजातसहित उपस्थित हुने सबैलाई सहज रुपमा परिचय पत्र वितरण गरिएको जानकारी दिनुभयो।
साथै, बाँकी वडाका नागरिकलाई तोकिएको मिति र समयमा उपस्थित भई परिचय पत्र लिन अनुरोध समेत गर्नुभएको छ। यसअघि प्रकाशित सूचनाअनुसार वडा नं. ३ र ४ का लागि २०८२ भदौ १९ गते (बिहीबार) तथा वडा नं. ९ का लागि २०८२ भदौ २० गते (शुक्रबार) वितरण कार्यक्रम तय गरिएको छ।

