सोताङ गाउँपालिकाको २ दिने एकीकृत सेवा शिविर सम्पन्न, ७०० जनाले लिए सेवा

काठमाडौं – सोताङ गाउँपालिकाले काठमाडौंमा आयोजना गरेको २ दिने एकीकृत सेवा शिविर सम्पन्न भएको छ। साउन २३ र २४ गते नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा सञ्चालन गरिएको शिविरमा करिब ७०० जनाले विभिन्न सेवा लिएका छन्।

शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सम्बन्धी सेवा, जन्म–मृत्यु दर्ता, बसाइँसराई, मालपोत, भूमिकर, सिफारिस तथा अन्य प्रशासनिक सेवा उपलब्ध गराइएको थियो। गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गर्ने सोताङबासीको सहजताका लागि शिविर आयोजना गरेको हो।

शिविरमा सेवा लिन आएका नागरिकहरूले घरमै सेवा पाएको अनुभव भएको बताएका छन्। गाउँपालिकाले यस्ता कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया