सोताङ गाउँपालिकाको एकीकृत सेवा शिविर को पहिलो दिनमै ३२५ जना नागरिकहरूले लिए सेवा

काठमाडौं,श्रावण २३ – सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले आजदेखि काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दुई दिने एकीकृत सेवा शिविर सञ्चालन गरेको छ। यस शिविरको पहिलो दिनमै ३२५ सेवाग्राहीहरूले विभिन्न सेवाहरू प्राप्त गरेका छन्।

कार्यक्रमको उद्घाटन पूर्वमन्त्री बलबहादुर केसी द्वारा व्यानर पढेर गरिएको थियो। उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत सहित सम्पूर्ण वडाका वडा अध्यक्षहरू साथै वडा सचिवको पनि उपस्थिति थियो।

गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार, २ दिने कार्यक्रमको समयमा सबै सेवाग्राहीलाई सेवा दिन नसकिएमा, शिविरको समय थपेर सबैलाई सेवा उपलब्ध गराउने योजना बनाइएको छ। “काठमाडौँबाट सोताङ पुग्नका लागि नागरिकहरूले ठूलो खर्च गर्नुपर्ने अवस्थामा रहेको थियो। अब काठमाडौँमै शिविर सञ्चालन गरेर हामीले यहाँका नागरिकलाई सहज सेवा उपलब्ध गराएका छौँ।”

सोताङ गाउँपालिकाको यो पहलले ग्रामीण भेगका नागरिकहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। शिविरमा ३२५ सेवाग्राहीको सहभागिता रहेको छ भने, आगामी दिनहरूमा यो संख्या अझ बढ्ने सम्भावना रहेको छ। यसबाट प्रशासनिक सेवामा पहुँच बढ्ने र सोताङका नागरिकहरूको जीवन स्तरमा सुधार आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया