विद्यालय विकासमा युवाको योगदान: देउसामा YCL को श्रमदानमार्फत सिँढी निर्माण सम्पन्न

सोलुखुम्बु, साउन १४ – वाईसियल नेपालद्वारा सञ्चालित ‘श्रम तथा उत्पादनमा वाईसियल’ दुई महिने देशव्यापी अभियान अन्तर्गत सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८, देउसा स्थित दुधकोशी माध्यमिक विद्यालय परिसरमा सरसफाइ कार्य तथा विद्यालयतर्फ जाने बाटोमा श्रमदानमार्फत सिँढी निर्माण कार्य सम्पन्न गरिएको छ।

वाईसियल नेपाल जिल्ला समिति सोलुखुम्बुको समन्वयमा वडास्तरीय संगठन वाईसियल वडा नं. ८ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा YCL नेपालका केन्द्रीय सदस्य क. सुजन राई, प्रदेश सदस्य कुल बहादुर राई, जिल्ला अध्यक्ष विवेक राई, उपाध्यक्ष अनिल राई, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सोनाम शेर्पा लगायत स्थानीय युवाहरू, कार्यकर्ताहरू र समुदायजनको उत्साहजनक सहभागिता रहेको थियो।

श्रम र सामाजिक योगदानलाई जोड दिने उद्देश्यसहित सञ्चालन गरिएको अभियानले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गर्दैछ। युवा पुस्ताको सक्रियता, एकता र समर्पणले विकासको यात्रामा थप ऊर्जा थपेको देखिन्छ।

प्रतिक्रिया