रस्बिन मगर वाईसिएल सोलुखुम्बुको जिल्ला इञ्चार्जमा पुनः नियुक्त

सोलुखुम्बु, नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल ले हालै सार्वजनिक गरेको नयाँ इञ्चार्ज सूचीअनुसार रस्बिन मगरलाई सोलुखुम्बु जिल्लाको इञ्चार्ज नियुक्त गरेको छ।

वाईसिएलका केन्द्रीय सदस्यसमेत रहेका मगरलाई दोस्रोपटक जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सचिवालय सदस्य मा मगरको यो पहिलो जिम्मेवारी हो। संगठन सुदृढीकरण, युवाहरूको सशक्त परिचालन तथा पार्टीको नीति कार्यान्वयनलाई जनस्तरसम्म पु-याउने जिम्मा उनीमाथि दिइएको छ।

केन्द्रीय समितिद्वारा सार्वजनिक गरिएको सूचीअनुसार प्रदेश १ का सबै १४ जिल्लामा इञ्चार्जहरूको जिम्मेवारी तोकिएको छ। सोलुखुम्बुमा रस्बिन मगरको पुनः जिम्मेवारी सुनिश्चित भएसँगै जिल्लास्थित वाईसिएल संरचना थप सक्रिय र सशक्त हुने अपेक्षा गरिएको छ।

उनको नियुक्तिको समाचार सार्वजनिक भएसँगै राजनीतिक तथा सामाजिक क्षेत्रबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ। मगरले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

वाईसिएलले यसपटक सक्रिय, प्रतिबद्ध र स्थानीय परिवेश बुझ्ने युवा नेतृत्वलाई प्राथमिकता दिएको बताएको छ। नेतृत्वमा आएको नयाँ पुस्ताको सहभागिताले संगठनभित्र ऊर्जा थपिएको र देशभर वामपन्थी आन्दोलनलाई नयाँ गति दिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया