


साउन ०७, सोलुखुम्बु
पछिल्लो ३ घण्टाको अवधिमा सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी तथा सोलुखुम्बुको सल्लेरी, पेकार्नस लगायतका वर्षामापन केन्द्रहरूमा मध्यम वर्षा मापन गरिएको छ।
नेपाल बाढी सूचना केन्द्रका अनुसार उक्त क्षेत्रमा अझै केही घण्टा वर्षा जारी रहने सम्भावना उच्च रहेकोले साना खोलानालामा आकस्मिक बाढीको बहाव बढ्ने तथा कमजोर र भिरालो जमिनमा पहिरो खस्ने जोखिम बढेको छ।
यसैले ती क्षेत्र आसपास बसोबास गर्ने स्थानीयवासी, यात्री तथा निर्माण कार्यमा संलग्न सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

