नेचासल्यान गाउँपालिकाद्वारा कृषकलाई कम्बाइन्ड मिल वितरण

नेचासल्यान, सोलुखुम्बु — स्थानीय उत्पादन प्रवर्द्धन तथा कृषि यान्त्रीकरणलाई प्राथमिकता दिँदै नेचासल्यान गाउँपालिकाले ७५ % अनुदानमा २५ थान कम्बाइन्ड मिल वितरण गरेको छ। आज वडा नं. ३ र ५ का कृषकहरूलाई ९ थान कम्बाइन्ड मिल वितरण गरिएको हो।

गाउँपालिकाले “घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र / लघु-घरेलु साना उद्यम प्रविधि हस्तान्तरण कार्यक्रम” अन्तर्गत सबै वडाका कृषकहरूलाई प्रविधिमैत्री उपकरण उपलब्ध गराउँदै आएको छ।

गाउँपालिकाका कृषि प्राविधिक भिम भट्टराई का अनुसार, यसअघि वडा नं. १, २ र ४ मा कम्बाइन्ड मिल वितरण भइसकेको थियो। हालसम्म वितरण विवरण यसप्रकार छ:

वडा नं. १ — ५ थान , वडा नं. २ — ५ थान , वडा नं. ३ — ७ थान , वडा नं. ४ — ६ थान , वडा नं. ५ — २ थान

भट्टराईका अनुसार, “कृषिमा सहुलियत प्रविधिको पहुँच विस्तार गर्दै कृषकहरूको श्रम, समय र लागतमा कटौती गर्दै उत्पादनशीलता वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।” मिल प्राप्त गरेका कृषकहरूको अनुहारमा देखिएको खुसीले प्रविधिको प्रभावकारिता स्पष्ट पार्दछ। कार्यक्रमले कृषिमा आधुनिकीकरण गर्दै आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया