


सल्यान आषाढ २२ — नेचासल्यान गाउँपालिका–२ स्थित बी.पी. विद्यापीठ क्याम्पसको खुला मैदान आज उल्लास, उमंग र उत्साहले भरिएको थियो। अवसर थियो विश्व भलिबल दिवसको, साथै लोकप्रिय मिडिया स्थापना वर्षको ।
दुई महत्वपूर्ण अवसरलाई एउटै रंगमञ्चमा समेट्दै, आजको दिनलाई खेल, सम्मान र सन्देशले भरिएको उत्सवमा रूपान्तरण गरिएको थियो। कार्यक्रमको आयोजना लोकप्रिय मिडियाद्वारा गरिएको हो, जसका सम्पादक *तारा बहादुर खत्री (मिलन) हुन । कार्यक्रममा सरकारी कार्यालय, संघसंस्था, विद्यालय तथा स्वास्थ्य संस्थासम्मिलित टिमहरूले खुलेर सहभागिता जनाए। खेलमा खास विशेषता बन्यो—६० वर्षसम्मका खेलाडीहरूलाई खुलेर मैदानमा उत्रन दिइनु, जसले “उमेर होइन, जोश र अनुभव खेलको मेरुदण्ड हो” भन्ने सन्देश प्रष्ट पारेको थियो।
पूर्व भलिबल खेलाडी सम्मान भूतपूर्व भलिबल खेलाडीहरूको योगदानको कदर गर्दै, यसपटक ७ जना पूर्व खेलाडी र एक जना कोशी प्रदेश टिम क्याप्टेन विस्नु बस्नेतहरूलाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गरिएको थियो। उनीहरूको अनुभवी उपस्थिति र प्रेरणाले आजको दिनलाई ऐतिहासिक बनायो । साथै उक्त प्रतियोगिता संग संधै वक्तित्वकला पनि सञ्चालन भएको थियो जसमा ,
प्रथम: बी.पी. संस्कृत मा.वि. — रु २,०००
द्वितीय: केदार मा.वि. — रु १,५००
तृतीय: भुमेश्वरी मा.वि. — रु १,०००
सान्त्वना: महेन्द्रोदय मा.वि. — रु ५०० त्यस्तै
भलिबल प्रतियोगिता नतिजा
प्रथम: महेन्द्रोदय मा.वि. — रु ८,००० + ट्रफी + मेडल + प्रमाणपत्र
द्वितीय: बी.पी. संस्कृत मा.वि. — रु ६,००० + ट्रफी + मेडल + प्रमाणपत्र
तृतीय: प्राथमिक स्वास्थ्य केन्द्र — रु ४,००० + ट्रफी +मेडल + प्रमाणपत्र
सान्त्वना: भुमेश्वरी मा.वि. — रु २,०००
साथै अन्य छ वटा भलिबलको विधा लाई ट्रफीको व्यावस्था रहेको थियो । कार्यक्रमको समापनमा सभापति खत्रीले सम्पूर्ण सहभागी टिम, दर्शक, अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा अझ भव्य कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त ।
“खेलले जोड्दछ मन—बन्छ सशक्त राष्ट्र” भन्ने मूल सन्देश बोकेको आजको भलिबल दिवसले नेचासल्यानको समाजमा एकता, जोश र सम्मानको नयाँ ऊर्जा भरेको छ।

