


नेचासल्यान, असार १३ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेचा बिहीबारे शाखाले डिजिटल कारोबार प्रणालीलाई प्रवर्द्धन गर्दै स्थानीय व्यापारी तथा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ।

शाखाबाट आयोजना गरिएको विशेष कार्यक्रममा बैंकका प्रतिनिधिहरूले पसलमै पुगेर व्यवसायीहरूलाई क्युआर कोड हस्तान्तरण गरेका हुन्। कार्यक्रममा शाखा प्रबन्धक ईश्वर उप्रेती, सहायक शाखा प्रबन्धक पर्शुराम माझी, कर्जा इञ्चार्ज करिश्मा राई र क्यासियर रजिना कुमारी आले मगर तथा स्थानिय व्यापारी ,व्यावसायी हरुको सक्रिय सहभागिता रहेको थियो।

शाखा प्रबन्धक उप्रेतिले बैंकको डिजिटल बैंकिङ प्रणालीलाई प्रवर्द्धन तथा डिजिटल कारोबारलाई ग्रामीण क्षेत्रमा विस्तार गर्दै क्युआर कोड वितरण गरिएको जानकारी दिनुभयो। “यस प्रणालीबाट व्यवसायीहरूलाई डिजिटल माध्यमबाट रकम भुक्तानी गर्न सहज हुनेछ,” उहाँले बताउनुभयो।
राष्ट्रिय वाणिज्य बैंक ले वि.स. २०२२ सालदेखि नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आइरहेको साथै वि.स. २०७५ साल असोजदेखि सञ्चालनमा आएको नेचा बिहीबारे शाखाले स्थानीय जनतामा सन्तोषजनक बैंकिङ सेवा पुर्याउँदै आएको छ।
नेपालको एकमात्र पूर्ण सरकारी स्वामित्वको बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैंक पछिल्लो समय युवा पुस्ता र व्यवसायीहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
दुर्गम ग्रामीण क्षेत्रमा डिजिटल बैंकिङ सेवा प्रवाह गरेर नागरिकहरूको जीवनमा सहजता ल्याउने प्रयासप्रति स्थानीय नागरिकहरू अत्यन्त खुसी छन्। स्थानीय व्यवसायीहरूले यस्तो डिजिटल सुविधा पहिलो पटक आफ्नै पसलसम्म आइपुगेकोमा खुसी व्यक्त गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंकको यो पहलले ग्रामीण क्षेत्रका व्यवसायीहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै आर्थिक समावेशीकरणमा टेवा पुर्याउने विश्वास लिइएको छ।

