


सोलुखुम्बु – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो ।
स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्ड तीनै टोलीको समान २-२ अंक छ ।
सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । स्कटल्याण्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

