सोलुखुम्बुको सोलु दु .न. पा. ७ नाजिङमा दुई दिने पशुपालन क्षमता अभिवृद्धि तालिम सुरु


नाजिङ सोलुखुम्बु – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, उपशाखा कार्यालय सल्लेरीको आयोजनामा सोलु दुधकुण्ड नगरपालिका–७ नाजिङमा दुई दिने पशुपालन क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

उक्त तालिम कार्यक्रम का सभापति मिङमार ग्याल्बु शेर्पा त्यस्तै , प्रमुख अतिथि सोलु दुधकुण्ड नगरपालिका–६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा विशिष्ट अतिथि नगर कार्यपालिका सदस्य निरकुमार नेपाली तथा अन्य अतिथिको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेर्पाले नाफामुखी उद्देश्य मात्र नराखी सदस्यहरूको आयआर्जन वृद्धि गर्दै उनीहरूलाई व्यवसायिक तथा आत्मनिर्भर बनाउन यस्ता तालिमहरू महत्वपूर्ण हुने धारणा राख्नुभयो। यस्ता कार्यक्रम सञ्चालन गर्न नगरपालिकासँग समन्वय गरी अगाडि बढ्ने पहिलो लघुवित्त संस्था बनेकोमा स्वावलम्बन लघुवित्तलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

तालिममा सहभागीहरूले यस्ता कार्यक्रमले आत्मनिर्भर भई व्यावसायिक बन्न सहयोग हुने भन्दै आउने दिन मा यस्तै कार्यक्रमको अपेक्षा रहेको व्याक्त गर्नुभयो ।

तालिममा ४५ जनाभन्दा बढी सदस्यहरूको सक्रिय सहभागिता रहेको स्वावलम्बन लघुवित्त सल्लेरी उपशाखाका कर्मचारी कृष्णप्रसाद पराजुलीले लोकप्रिय मिडियालाई जानकारी दिनुभयो ।

प्रतिक्रिया