सल्यान (सोलुखुम्बु),नेचासल्यान गाउँपालिका वडा नं. २ मा अस्थाई प्रहरी चौकीको भवन निर्माणको पहल सुरु गरिएको छ। यसै क्रममा सोलुखुम्बुमा हालै मात्र पदस्थापन भएका प्रहरी नायब उपरीक्षक (DSP) मनोजित कुँवरले निर्माणको प्रस्तावित स्थलको निरीक्षण गर्नुभएको हो।
उक्त जग्गा स्थानीय समुदायले निःशुल्क प्रदान गरेका हुन्। करिब डेढ वर्ष अघि नै भवन निर्माणका लागि जमिन खनिएको भए पनि हालसम्म प्रहरी को आफ्नै संरचना बन्न सकेको छैन। अहिले प्रहरी चौकी अस्थायी रूपमा एउटा सामान्य भवनमा संचालन हुँदै आएको छ।
आइतबार निरीक्षणपश्चात DSP कुँवरले आफ्नो तर्फबाट भवन निर्माणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
सोलुखुम्बु आएका २० दिन पनि नपुगेका DSP कुँवरको यो सक्रियता प्रति स्थानीयबासीले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। उनीहरू अब प्रहरी सेवा अझ प्रभावकारी हुने विश्वास लिएका छन्।