नेचासल्यान, सोलुखुम्बु —अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेचासल्यान गाउँपालिका समितिको ऐतिहासिक प्रथम भेला महिला नेता जनरिखि राईको सभापतित्वमा तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सुनिता किराँतीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
भेलामा महिला सशक्तिकरण, संगठन निर्माण र सामाजिक रुपान्तरण जस्ता महत्वपूर्ण विषयमा छलफल भएको थियो।
कार्यक्रममा लिलि राई, यानु राई, लेखा राई, देवकुमारी राई, मुना राई, संगीता पाण्डे, टुल्का भट्टराई, सिता नेपाली, लक्ष्मी भुजेल, टिकादेवी कटेल, कुन्ता कुमारी कटेललगायत महिला नेतृहरूको सक्रिय उपस्थिति थियो।
त्यस्तै, माओवादी केन्द्रका नेता सिताराम भट्टराई, कुसुम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी., गाउँपार्टी अध्यक्ष वियस राई, उपाध्यक्ष सरोज कटेल, सचिव बम बाँस्तोला, ४ नं. वडा पार्टी अध्यक्ष सुरेश राई लगायत नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि सुनिता किराँतीले महिलाहरूले नेतृत्वदायी भूमिका लिन आवश्यक रहेको भन्दै, “महिला सशक्तिकरण सामाजिक रुपान्तरणको मूल आधार हो,” भन्नुभयो। त्यसैगरी, अन्य नेताहरूले पनि महिला सहभागिता र नेतृत्वको प्रशंसा गर्दै आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउन आ–आफ्नो धारणा व्यक्त गरे।
भेलाबाट देवकुमारी राईको अध्यक्षतामा ५ पदाधिकारी सहित ३५ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरिएको हो जसमा,
अध्यक्ष : देवकुमारी राई
उपाध्यक्ष : टुल्का भट्टराई
सचिव : संगीता पाण्डे भट्टराई
सहसचिव : सिर्जना राई
कोषाध्यक्ष : रविना राई
सदस्यहरू (क्रमानुसार): कुमारी सार्की, अस्मिना कटवाल, विष्णु कार्की राउत, अनिता राई, पर्वत कुमारी राई, टिकादेवी कटेल, रेणुका बिक, भोजकुमारी कटेल, लिलि राई, यानु राई, लेख कुमारी राई, देवीमाया नेपाली, सम्झना नेपाली, चन्द्रकला राई प्रधान, विष्णु कुमारी सार्की, मुना राई, भुजा नेपाली, कमला थापा बिक, सविना राई, पवित्रा नेपाली, निर्मला कटेल, मिठु कुमारी बाँस्तोला, अन्जु राउत, इन्द्र कुमारी राई, सम्झना राई (अम्मलबोट), आशा राई, बिना राई, सिता बाँस्तोला कटेल, समिता राई, सीता नेपाली।
महिला आन्दोलनको सशक्त उपस्थिति र नेतृत्वलाई अझ व्यापक बनाउँदै, अनेमसंघ (क्रान्तिकारी) नेचासल्यान गाउँपालिकाको यो प्रथम भेला संगठन सुदृढीकरण र समानता तथा न्यायका लागि संघर्षको अभियानमा महत्वपूर्ण माइलखुट्टा सावित भएको छ।