सोलुखुम्बु ,सानदार मिडियाको लोगो सगरमाथामा सानदार मिडिया प्रा.लि.को लोगो विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिरमा फरफराइएको छ । डिजिटल मिडियामा ख्याति कमाएको मिडियाको लोगो ओखलढुङ्गाको मोलुङ गाउँपालिका ७ सुर्केका वाङडा शेर्पाले सगरमाथाको शिरमा फरफराएका हुन् ।
वाङडाले मे २३ को बिहान ९ बजेर ९ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका थिए । उनको यो चौथो आरोहण हो । सानदार मिडियाका अध्यक्ष शिखर जङ्ग श्रेष्ठले सगरमाथाको आरोहण सँगै मिडियाको लोगो फरफराएर उपहार प्रदान गरेकोमा आरोही वाङडा शेर्पालाई बधाई तथा धन्यवाद दिए ।
यो ऐतिहासिक रेकर्डले श्रोता दर्शकमा सही सूचना दिने दायित्वलाई अझ मजबुत बनाउन ऊर्जा मिलेको अध्यक्ष श्रेष्ठले बताए ।