जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुले राख्यो , दुर्घटनाग्रस्त स्थानमा सावधान बोर्ड

सोलुखुम्बु ,जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बु ले सवारी दुर्घटना सम्भावित क्षेत्रहरुमा दुर्घट्ना न्युनिकरण का लागि सावधानी बोर्ड राखेको छ । सिद्दिचरण लोकमार्ग पक्कि सडक खण्डको सोलु दुधकुण्ड न.पा.-४ फाप्लु , दु .न.पा.-४ बासामोड दु .न.पा.-५ थापाटोल र तिङला नेचा-सल्यान जोड्ने कच्चि सडक दु.न.पा -11 दाल्दु भिर गरि जम्मा ५ वटा दुर्घटना न्युनिकारण का लागि सावधानी बोर्ड राखेको हो ।


देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक लगायतका कारण त्यस्ता दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न, सुरक्षित र सहजीकरण यात्रा होस् भनि जिल्ला ट्राफिक प्रहरी सोलुखुम्बु चौबिसै घण्टा खटिएको र दुर्घटना कम होस् भनि उक्त बोर्ड दुर्घटनाग्रस्त क्षेत्रहरूमा राखिएको सोलुखुम्बु जिल्ला ट्राफिक प्रमुख कृष्ण कुमार कट्वाल ले लोकप्रिय मिडियालाई जानकारी दिनुभयो ।


आईतबार जिल्ला ट्राफिक प्रमुख कृष्णकुमार कटवाल , ट्राफिक प्रहरी सहायक हवल्दार चन्द्रबहादुर बस्नेत र ट्राफिक प्रहरी जवान कुशल तामाङ स्वयम दुर्घटना सम्भावित क्षेत्रमा पुगि उक्त बोर्ड राखेको हो।

चेतनामूलक कार्यक्रम, चेकिङ लगायत सडक व्यवस्थापनसँग सम्बन्धित सबै निकायहरूसँग समन्वयको साथै कानून बमोजिम गर्नुपर्ने सबै काम सोलुखुम्बु जिल्ला ट्राफिक प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया