


सोलुखुम्बु ,तल्लो सोलु जलविद्युत् आयोजना (८२ मेगावाट) सोलुखुम्बु जिल्लाको तिङला क्षेत्रमा निर्माणाधीन छ । हाल यसको ९९ प्रतिशत भौतिक प्रगति पूरा भइसकेको छ भने आयोजनाले आगामी साउन (अगस्ट २०२५) भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
सोलु हाइड्रोपावर कम्पनी लिमिटेड को हाल आयोजनामा 500 कामदार कार्यरत छन्, जसमा 80 जना भन्दा बढि स्थानिय बासिन्दा रहेका छन्। यो आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ। उत्पादित विद्युत् तिला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ, जसले देशको ऊर्जा आपूर्तिमा राष्ट्र लाई महत्वपूर्ण योगदान पुऱ्याउने तल्लो सोलु जलबिद्युत आयोजनाका सहायक प्रबन्धक कृष्ण बहादुर चौधरी ले लोकप्रिय मिडियालाई बताउनुभयो ।
यो आयोजना नेपालको ऊर्जा आत्मनिर्भरता बढाउने दिशामा एक महत्वपूर्ण कदम हो। निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न भई व्यावसायिक उत्पादन सुरु भएमा, यसले सोलुखुम्बु जिल्ला तथा समग्र नेपालको आर्थिक विकासमा पनि टेवा पुरयाउनेछ ।

