सोलुखुम्बु , काँगेलमा रहेको जीवन ज्योति माद्यमिक विद्यालयमा स्थापना गरिएको वमवेदु अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नतिजा ल्याउने छात्र–छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा रहेको उक्त विद्यालयका छात्र–छात्रालाई छात्रवृत्ति वितरण गरिएको हो ।
कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरू मध्येबाट उत्कृष्ट नतिजा ल्याउन सफल कक्षा ९ कि छात्रा आयुस्का लामिछाने र कक्षा ७ का छात्र दिपक रोक्कालाई जनही तिन हजार पाच सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको नेपाली काङ्ग्रेसका महासमिति सदस्य नवीन थापाले लोकप्रिय मिडियालाई जानकारी दिनुभयो ।
छात्रवृत्ति वितरण समारोह आइतबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पा र कांग्रेस युवा नेता थापाले छात्रवृत्ति वितरण गर्नुभएको थियो ।
उक्त अक्षयकोष डेढ वर्ष अघि कांग्रेस नेता नवीन थापाका स्व. हजुरबुबा बम बहादुर थापा र स्व. हजुरआमा वेद माया थापाको स्मृतिमा थापा परिवारद्वारा स्थापना गरिएको हो । कोषमा जम्मा १०११११ (एक लाख एक हजार एक सय एघार ) रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ॥