(जेठ ५, सोलुखुम्बु )सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला राम्पा मा सम्पन्न खुल्ला पुरुष वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि लिखुपिके गाउँपालिका वडा न २ ले उचालेको छ।” खेलकुदमा युवा जागरण जातीय विभेद न्यूनीकरण “भन्ने मूल नाराका साथ लौरेश्वर दलित युवा समुह सोलुदुधकुण्ड नगरपालिका ११ तिङला द्वारा आयोजित खुल्ला वडा स्तरिय भलिबल प्रतियोगिता तथा युगल नृत्य प्रतियोगिता मा भलिबल तर्फ पाईला पाईला का आशा क्लबलाई हराउँदै लिखुपिके गा. पा. वडा न २ ले प्रथम स्थान हासिल गरेको हो ।
त्यस्तै युगल नृत्य तर्फ सिंह काली आ. वि . लाई हराउँदै लौरेश्वर दलित युवा समुहले प्रथम स्थान हासिल गरेको हो ।
यस्तै भलिबल प्रतियोगिताको दोश्रो स्थान पाईला पाईलाको आशा क्लब , तृतीय स्थान सिसाखोला बाल समुह भने नेचा सल्यान वार्ड नं २ ले सान्तोना स्थान हासिल गरेका छन् । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको फाइलन खेल सोमबार सकिएको हो । प्रतियोगितामा सर्वत्कृष्ट खेलाडी कोशी प्रदेश का क्याप्टेन तथा अन्डर-२३ का राष्ट्रिय खेलाडी बिस्नु बस्नेत , बेस्ट डिफेन्डर नेचासल्यानका मिलन के .सी. , बेस्ट स्पाइकर सन्तोष श्रेष्ठ , बेस्ट सरभर तथा बेस्ट ब्लकर पाइला पाईला आशा बाट लक्ष्मण बराइली र राम बराइली, सधै बेस्ट सेटर लिखुपिके गा .पा. का रुपेस बस्नेतले प्राप्त गरेका छन् ।
प्रथम , द्वितीय , तृतीय र सान्तोना हुने टिमले क्रमशः ५५ हजार ५ सय ५५ रुपिया , ३५ हजार ५ सय ५५ रुपिया , २५ हजार ५ सय ५५ रुपिया र १० हजार ५ सय ५५ रुपिया साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । १५ टिमलाई पछि पार्दै उक्त प्रतियोगितामा लिखुपिके गा. पा. वडा न. २ ले प्रथम स्थान हासिल गरेको हो । उक्त सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण लोकप्रिय मिडिया ले स्थलगत रूपमै पुगेर गरेको थियो ।