विश्वेश्वर प्रसाद कोइराला संस्कृत विद्यापीठ ले गर्यो विद्यार्थी अभिमुखीकरण कार्यक्रम

सल्यान (सोलुखुम्वु)
सोलुखुम्बु को नेचासल्यान गाउँपालिका वडा न. २ मा रहेको विश्वेश्वर प्रसाद कोइराला संस्कृत विद्यापीठले सोलुखुम्बुका विभिन्न ठाउँका विभिन्न विषयका विद्यार्थीहरूलाई संस्कृत शिक्षाप्रति रुचि जगाउनका लागि विद्यार्थी – विद्यापीठ संवादको कार्यक्रम सुरु गरेको छ।

यस कार्यक्रमले स्थानीय तह, विद्यापीठ र विद्यार्थीका बीच सेतुको रूपमा काम गरी विद्यार्थीको संस्कृत र विद्यापीठ प्रति अभिरुचि बढ्ने आशा रहेको छ । त्यस्तै कार्यक्रममा प्रमुख अतिथी पुर्वमन्त्री बलबहादुर केसी ,विशेष अतिथी वार्ड न. २ अध्यक्ष सिताराम काफ्ले, अतिथिहरु पुन्यप्रासाद दाहाल, उपप्रा. युवलाल कुमाल ,उपप्रा. मनोज भण्डारी लगायत अतिथिहरुले आफ्ना बिचारहरु व्यक्त गर्नुभएको थियो ।


पूर्वमन्त्री बलबहादुर केसीले अन्तरक्रिया कार्यक्रममा विद्यापीठमा नियामित अध्यययन गर्ने १० जना उत्कृष्ट विद्यार्थीलाई खाना बस्न सुबिधा साहित क्याम्पसले ब्यवस्था मिलाउने कुरा को जानकारी गराउनु भएको थियो ।

0८२-१-२७ गते शनिबारको कार्यक्रम छ‍ोटो मीठो र सहभागितामूलक रहेको यस कार्यक्रमका अध्यक्ष तथा विश्वेश्वर प्रसाद कोइराला संस्कृत विद्यापीठका प्राचार्य पशुपति ढुङ्गाना ले जानकारी दिनुभयो ।

प्रतिक्रिया