नेचा सल्यान (सोलुखुम्वु) | आजको मितिबाट हामी लोकप्रिय मिडिया अनलाइन समाचार पोर्टलको औपचारिक सुरुवात गर्दैछौं।
यो केवल एउटा वेबसाइट सुरु गर्नु मात्र होइन, यो सत्य, निष्पक्षता र जनउत्तरदायिता प्रति समर्पित एउटा दीर्घकालीन यात्रा हो। सूचना प्रवाहको तीव्र गतिमा, हामीले महसुस गर्यौँ— विश्वसनीय, तथ्यमा आधारित र जनताको आवाज बोकेको सञ्चार माध्यमको खाँचो अझै छ।
यही आवश्यकता पूर्ति गर्न हामीले लोकप्रिय मिडिया को स्थापना गरेका हौं। हाम्रो उद्देश्य छ — सबैको लागि पहुँचयोग्य, सरल, र विश्वासिलो पत्रकारिता गर्नु। लोकप्रिय मिडिया केवल समाचार सम्प्रेषणको माध्यम होइन: यो विचार, बहस, सुझाव र सकारात्मक परिवर्तनको अभियान हो। हामी गाउँदेखि सहर, जनतादेखि नीति–निर्मातासम्म सबैको आवाज उठाउने जिम्मेवारीमा छौँ ।
सुरुवात हो — बाटो सहज छैन, चुनौतीहरू छन्। तर हामीसँग छ तपाईंको साथ, तपाईँको विश्वास, र हाम्रो अटल प्रतिबद्धता। आजबाट सुरु भएको हाम्रो यो प्रयास तपाईँले साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ। सुझाव, आलोचना र समर्थन — तपाईँका यी तीनवटै कुराले लोकप्रिय मिडिया अझ सबल र जनमुखी बन्नेछ।
सम्पादक
तारा बहादुर खत्री (मिलन)
लोकपृय मिडिया परिवार