


काठमाडौं | नेपालको संघीय राजधानी काठमाडौं विश्वकै ‘सर्वाधिक प्रदूषित’ सहर बन्न पुगेको छ ।
वायुको गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले मंगलबार विश्वका १२४ सहरममध्ये काठमाडौं सर्वाधिक प्रद्रूषित भएको देखाएको हो ।
मंगलबार बिहान ११ः३० बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २५६ पुगेको आईक्यू एयरको तथ्यांकमा उल्लेख छ । दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई १९२ छ । तेस्रो नम्बरमा थाइल्यान्डको च्याङमाई परेको छ ।

