काठमाडौं | नेपाली राष्ट्रिय टिमका नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल हङकङ टुरमा उपलब्ध नहुने सम्भावना बढेर गएको छ । उनी नेपाल आइपुग्न अझै केही दिन लाग्ने भएको छ । आउँदो ९ अप्रिलबाट हङकङमा नेपालसहित चार देश सम्मिलित शृङ्खलामा उनी उपलब्ध नहुने भएका हुन् ।
क्यानका एक पदाधिकारीका अनुसार उनी अप्रिलको दोस्रो साता नयाँ प्रशिक्षक नेपाल आउने सम्भावना छ ।
क्यानको कार्यसमिति बैठकले ५६ वर्षीय ललाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रशिक्षकमा ७० जना विदेशी प्रशिक्षकले आवेदन दिएका थिए । ल अष्ट्रेलियाका पूर्वराष्ट्रिय खेलाडी हुन् । उनले एकदिवसीय र टेष्ट म्याच समेत खेलिसकेका छन् ।